बझाङको एक सहकारीबाट नगद ५ लाख भन्दा बढी चोरी

बझाङ । बझाङ जिल्लाको एक सहकारीबाट पाँच लाख भन्दा बढी चोरी भएको छ । बझाङको बित्थडचिर गाउँपालिका वडा नँ २ स्याँडीमा रहेको बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट नगद ५ लाख २१ हजार ८ सय ५ रूपैयाँ चोरी भएको स्थानीयहरुले बताएका छन् ।

आइतबार अज्ञात व्यक्तिले उक्त संस्था रहेको भवनको मुल ढोकाको ताला फोडेर सेफलाई लगेर गएको र सेफ फोडेर उक्त रकम चोरी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उक्त सेफ भवनदेखि अन्दाजी २ सय मिटर टाढा फेला परेको थियो ।

चोरीमा संलग्न फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएपी ज्ञानबहादुर विष्टले बताए ।

प्रतिक्रिया