जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नवनिर्वाचित प्रतिनिधिलाई जनभावना अनुसार काम गर्न निर्देशन दिएका छन् । धादिङको धुनिवेशी नगरपालिकामा आयोजित कार्यक्रममा सम्वोधन गर्दै मुख्यमन्त्री पाण्डेले जनताले दिएको मतको कदर गर्दै जनभावना अनुसार काम गर्न नवनिर्वाचित प्रतिनिधिलाई निर्देशन दिएका हुन् ।

उनले विकास निर्माणको कामलाई जनभावना अनुसार गर्न निर्देशन दिँदै प्रदेश सरकार स्थानिय तहका जनप्रतिनिधीहरुकै साथमा रहेको प्रतिवद्धता समेत व्यक्त गरेका थिए । मुख्यमन्त्री पाण्डेले अहिलेको गठबन्धन संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताउँदै आगामी संघ र प्रदेशको निर्वाचनसम्म यसले निरन्तरता पाउने पनि बताए ।

प्रतिक्रिया