पोखरामा पुन: मतगणना गर्न माग गर्दै एमालेको निवेदन

पोखरा । नेकपा (एमाले)ले पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुन: मतगणना गर्न माग गर्दै आज निवेदन दिएको छ । वडामा ४ हजार ३४८ खसेको मतमा ९ मत कम आएपछि आज एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कल बहादुर थापा र महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले निवेदन दिएका हुन् ।

यस वडामा पुष्कल बहादुर नेपाली कांग्रेसका उम्मेदवार शिव तिमिल्सिनासँग ३ मतले पराजित भएका थिए। सोमवार निस्किएको नतिजा अनुसार पुष्कलले १ हजार ६४० मत ल्याउँदा शिवले १ हजार ६४३ मत ल्याएका थिए । यस्तै, एमालेले वडा ३१ मा पनि पुनः मतगणना गर्न माग गर्दै निवेदन दिने जनाएको छ ।

प्रतिक्रिया