एन्फा अध्यक्षमा कर्माछिरिङको पुःन उम्मेदवारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । एन्फाको निर्वाचन असार ६ गते हुँदैछ । वर्तमान अध्यक्षसमेत रहेका शेर्पाले सोमबार पत्रकार सम्मेलनमार्फत् उम्मेदवारीको घोषणा गरेका हुन् ।

उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

यसैगरी सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेशसिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्यन्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी दिने छन् । यसअघि पंकज नेम्बाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराईसकेका छन् ।

प्रतिक्रिया