मोरङको सुन्दरहरैँचामा एमाले विजयी

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उमेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नवराज चापागाईंले ११ हजार ३०० मत प्राप्त गरेका छन् ।

सो नगरपालिकाका १० वडामध्ये नेपाली कांग्रेसका ६, एमालेका तीन र एउटा वडामा स्वतन्त्र उमेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

मोरङका १७ वटै पालिकाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । रासस

प्रतिक्रिया