बीएमकेको रोमाञ्चक जित

काठमाडौं । विशाल मिलन केन्द्र (बीएमके) ले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ । सानागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा बीएमकेले अघिल्ला दुवै संस्करणको विजेता आयोजक रोयललाई ८२–७८ ले पराजित गर्यो ।

बीएमकेका दिप्सन केसीले सानदार प्रदर्शन गर्दै ४३ स्कोर गरे । यसैगरी इक्याब मेरिलियोन जिम्नाजियमले टिम सिंहलाई ७३–३९ तथा टाइम्स इन्टरनेसनल कलेजले जेभियर इन्टरनेसनल कलेजलाई ७६–४५ ले हराए ।

इक्याबका प्रसिद्ध मगरले २१ अंक जोडे भने टाइम्सका श्रेयश शाह र मनीष केसीले १९–१९ स्कोर गरे । अर्को खेलमा धरान मेघा कलेजले क्वेस्ट इन्टरनेसनल कलेजलाई ६१–३१ ले पन्छायो । धरानका लागि सन्चेप श्रेष्ठले १७ अंक बटुले ।

यसैबीच, टर्किको ईस्तानबुल शहरमा यहि सन् २००० को मई ६ देखि २१ तरिखसम्म सञ्चालित आईबा वल्र्ड बक्सिङ्ख च्यािम्पयनशिपमा उत्कृष्ठ खेल खेल्दै संसारभरीका खेलाडी तथा प्रशिक्षकहरुको मन जित्दै सात सदस्यीय टोली नेपाल फर्किएको छ ।

७३ देशका ३ सय १० महिला खेलाडीको सहभागिता रहेको उक्त नेपाली टोलीमा ४८ किलो तौल समुहमा सुस्मा तामाङ्खले मंगोलियन खेलाडीमाथि पहिलो राउण्डदेखि अन्तिम राउण्डसम्म नै आफ्नो दबाब कायम गरेकी थिइन् ।

५२ किलो तोल समूहमा १३ औ सागका स्वर्ण पदक विजेता मिनु गुरुंङ्क, ५७ किलो तौल समुहमा चन्द्रकला थापा र ६० किलो तौल समूहमा पुनम रावलले उत्कृष्ठ खेल प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया