त‍ुलसीपुर उपमहानगरमा एमालेले बढायो मतअन्तर

दाङ । दाङकाे घोराही उपमहानगरपालिका जितिसकेको एमालेले यहाँको अर्को उपमहानगर तुलसीपुरमा पनि अग्रता बढाएको छ। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीसँग झिनो मताान्तरले अघिपछि भइरहेका नेकपा एमालेका टिकाराम खड्काले झन्डै ५ सयको मतान्तर बनाएका छन् ।

पछिल्लो अपडेटअनुसार खड्काले १३ हजार ५४ मत प्राप्त गर्दा कांग्रेसका गिरीलाई १२ हजार ५ ६७ मत परेको छ ।

एमालेकी स्यानी चौधरी भने सुरुदेखि नै अगाडि छिन् । सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राना मगरलाई उनले झन्डै तीन हजारको अन्तर बनाएकी छिन् । चौधरीले १२ हजार २ सय ८५ पाउँदा रानाले ९ हजार ५ सय ७४ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया