पोखरामा ८६,२५७ मतगणना : कसको मत कति ?

पोखरा । स्थानीय तह निर्वाचअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ८६ हजार २५७ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता कायमै छ । उनले ३४ हजार ८१९ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्ण थापाले ३१ हजार ३७४ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले तीन हजार ८८१ मत प्राप्त गरेका छन् । लौरो चुनाव चिह्नबाट स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) दुई हजार ३५० मतसहित चौथो स्थानमा छन् ।

उपप्रमुखमा नेकपा (एमाले)की उमेदवार मञ्जु गुरुङको अग्रता छ । उनले ३५ हजार ७९९ मत पाएकी छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उमेदवार कोपिला रानाभाटले ३५ हजार २८९ मत ल्याएकी छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उमेदवार रन्जना सेनले तीन हजार ७७७ मत पाएकी छन् ।

प्रतिक्रिया