पोखरामा ८१,७५४ मतगणना, कसकाे कति मत ?

पोखरा । स्थानीय तह निर्वाचअन्तर्गत कास्कीको पोखरामा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ८१ हजार ७५४ मतगणना गरिएको छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता कायमै छ । उनले ३३ हजार १०० मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्ण थापाले २९ हजार ६५८ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर तीन हजार ४४२ छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले तीन हजार ९५४ मत प्राप्त गरेका छन् । लौरो चुनाव चिह्नबाट स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) दुई हजार २७२ मतसहित चौथो स्थानमा छन् ।

प्रतिक्रिया