भरतपुरमा ५,५१८ मतले रेनु दाहाल अगाडि

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उमेदवा रेनु दाहालले निकटतम प्रतिस्प्रर्धीसँगको मतान्तर निरन्तर फराकिलो बनाउँदै लगेकी छन् । उनले एमालेका विजय सुवेदीलाई ५ हजार ५१८ मतले पछि पारेकी छन् ।

अहिलेसम्म ७३ हजार ७८७ मतगणना भएको छ । जसमा रेनुले २८ हजार ६०८ मत र विजयले २३ हजार ९० मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन् । उपमेयरमा चित्रसेन अधिकारी ३० हजार ९०१ र हिमला गुरुङले १७ हजार ९२० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया