जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

धनगढी । कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गणेश चौधरी विजयी भएका छन् । उनले सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतो (कठरिया)लाई १ हजार ९०९ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् । चौधरीले ७ हजार १५१ र महतोले ५ हजार २४२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीकै लालमतीदेवी कठरिया विजयी भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार गीता चौधरीलाई १ हजार ७०४ मत अन्तरले पराजित गरेकी छन् । कठरियाले ६ हजार ५६२ र चौधरीले ४ हजार ८५८ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया