तनहुँको व्यासमा दीपकराज जोशी अगाडि

काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मतगणना जारी छ । हालसम्म १० हजार २३३ मतगणना गरिएको छ । प्रमुख पदमा अहिलेसम्म स्वतन्त्र उमेदवार दीपकराज जोशी अगाडि छन् ।

पछिल्लो गणनाअनुसार जोशीको नेपाली कांग्रेसका उमेदवार वैकुण्ठ न्यौपानेभन्दा ५७२ मतान्तरको अग्रता छ । जोशीले चार हजार ४४३ मत पाएका छन् । न्यौपानेले तीन हजार ८७१ मत ल्याएका छन् ।

प्रतिक्रिया