काउन्सिलमा स्पन्दन फेस्टिभल

काठमाडौं । कला र संस्कृतिका माध्यमबाट विश्वभरीका मानिसलाई जोड्ने लक्ष्यका साथ ‘स्पन्दन ग्लोबल इन्डो नेपाल आर्ट फेस्टिभल’ काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा स्पन्दन ग्लोबल आर्ट एण्ड कल्चरल फाउण्डेसन गोवा भारतको आयोजनामा भएको फेस्टिभलमा चार देश २७ जना कलाकार सहभागी छन् । विभिन्न शैली र माध्यममा बनाइएका नेपाल, भारत, थाइल्याण्ड तथा अमेरिकाका कलाकारले तयार पारेका कलाकृति प्रदर्शशनीमा राखिएको आयोजक संस्थाका संस्थापक अनन्त विकास जैनले बताए ।

उनले कला र संस्कृतिले सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने भएकाले प्रदर्शनीको आयोजना गरिएको भनाइ राखे । अनन्तले भने, ‘सांस्कृतिक सम्बन्धसँगै कलाकारका लागि उचित अवसर प्रदान गर्ने लक्ष्यसमेत फेस्टिभलको रहेको छ ।’ मंगलबारदेखि सुरु भएको उक्त फेस्टिभलको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक समारोहका बीच गर्दै कला र संस्कृतिले मानवतालाई उजागर गर्ने विचार व्यक्त गरे । उनले कलाका माध्यमबाट मानिसले आफ्ना भावनालाई संप्रेषण गर्ने भएकाले यसको महत्व समाजमा विशिष्ट रहेको बताए ।

सागर शम्शेर राणाले समाजलाई मौलिक रुपमा चिनाउन कलाको भूमिका विशेष रहने बताए । उनले प्रदर्शनीले नेपाली कलाकारलाई बाहिरी दुनियाँसम्म पुग्न मद्दत मिल्ने विचार व्यक्त गरे । प्रदर्शनीमा सहभागी कलाकार रमेश कुँवरले कलाकारले संस्कृतिसँगै देश देशका बीचको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलिरहेको बताए । उनले कला प्रदर्शनीको आयोजना गरेर आयोजकले सराहनीय कार्य गरेको जिकिर गरे । आयोजक अनन्त विकासले कला र संस्कृतिका माध्यमबाट मानवतालाई उजागर गर्नुपर्ने विचार व्यक्त गरे । उनले कलाको विश्वभरी प्रवद्र्धन गर्ने लक्ष्य राख्दै प्रदर्शनी आयोजना गरिएको जनाए । उनले भने, ‘स्पन्दनले कलाकारका लागि उचित अवसर प्रदान गर्दै प्रवद्र्धनात्मक काम गर्दै आएको छ । साथै संस्थाले कलाको भाषाबाट संसारभरीका मानिसलाई एक ठाउँमा जोड्ने लक्ष्य समेत लिएको छ ।’

उक्त फेस्टिभलमा भारतबाट कलाकार किशोर शिखरे, प्रसेन्जित धर, राम मोहन, शिवानी कौल भट्ट, धनिश आरएस, हङ चैवत थाइल्याण्ड, जेजी विल्लस् अमेरिका तथा नेपालबाट कलाकार ज्योति खड्का, किरणकुमार सिंगु, लक्ष्मी मास्के पुनम, रोजिना सिंख्वाल, रजनी सिंख्वाल, शिभानी तिमल्सिना, शुष्मा श्रेष्ठ, सुमन अर्याल, गौरवरत्न बज्राचार्य सहभागी भएका छन् । यस्तै, अतिथि कलाकारका रुपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, अग्रज कलाकार शशीविक्रम शाह, प्राज्ञ धर्मराज शाक्य, गौतमरत्न बज्राचार्य तुलाधर, जीवन राजोपाध्याय, नगेन्द्रप्रसाद पौड्याल, सुन्दर सिंख्वाल, केशव राज खनाल, महेश आचार्य, रमेश कुँवर र रोशन प्रधानका कलाकृति राखिएको छ । देशको संस्कृति र मनोभावना बुझ्न प्रदर्शनीले सहयोग पुग्ने सहभागी कलाकार किरणकुमार सिंगुले बताए । उनले प्रदर्शनीमा विभिन्न देशमा चलेका कलाका चिन्तन, शैली र प्रभावलाई समेत नियाल्न सकिने भएकाले यसको महत्व विशेष रहेको जिकिर गरे । फेस्टिभल शनिबारसम्म रहने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया