काठमाडौं । पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका आचार्य एमालेका कृष्ण थापा भन्दा ३ हजार २७० मतले अघि छन् ।
६५ हजार मतको गणना सकिँदा धनराजले २६ हजार ९६८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका कृष्ण थापाले २३ हजार ६९८ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट र एमालेकी मन्जुदेवी गुरुङबीच तीव्र प्रतिस्पर्धा छ । कोपिलाले २७ हजार २८४ मत प्राप्त गर्दा मन्जुले २७ हजार ११९ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया