नेशनल लाईफ र एक एक पाईला फाउण्डेशन वीच सम्झौता

काठमाडौ । नेशनल लाईफ इन्स्योरेन्स र एक एक पाईला फाउण्डेशन संस्था वीच सम्झौता भएको छ । सम्झौतामा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फवाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले हस्ताक्षर गरेका हुन । संझौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन हुनेछ । सो अस्पतालको संचालनमा आर्थिक सहयोग पु¥याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष २० लाख रुपैयाको आर्थिक सहयोग गर्नेछ ।

समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए । कम्पनीको तर्फवाट श्री खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवि प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रमा विगत वर्षहरु देखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराउदै सामूदायिक अस्पताल संचालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउन पाएकोमा खुशी ब्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीको यस सहयोगवाट १५ सैयाको सामूदायिक अस्पतालको संचालन भै उक्त क्षेत्र वरिपरि रहेका करीब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने आशा गरिएको छ ।

प्रतिक्रिया