विष्णु पौडेलकाे वडामा पनि हार्याे एमाले

बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलको गृह वडामा समेत एमालेले हार बेहोर्नुपरेको छ । उनको घर रहेकाे बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा कांग्रेससंग एमाले वडाध्यक्षमा पराजित भएको छ ।

नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार ज्ञान प्रसाद पंगेनी १५३९ मत ल्याएर विजयी भएका छन् । एमालेका ज्ञानप्रसाद अर्यालले भने १५०८ मत पाएका छन्। यो वडामा यसअघि एमालेले नै जित्दै आएको थियो । कांग्रेसले भने ३० वर्षअघिको स्थानीय चुनावमा यो वडा जितेको थियो ।

प्रतिक्रिया