कैलालीको घोडाघोडीकाे प्रमुखमा समाजवादी र उपप्रमुखमा कांग्रेस विजयी

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धन विजयी भएको छ । गठबन्धनका तर्फबाट नगरप्रमुखमा नेकपा (एकीकृत समाजबादी) का नेता खडक रावत र उपप्रमुखमा नेपाली कांग्रेसकी गुलिया कुमारी चौधरी विजयी भएका छन् ।

सुदूरपश्चिममा समाजबादीको याे पहिलो जित हाे । नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन् । रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए । २०७४ को चुनावमा मेयर जितेका चौधरी यसपटक पराजित भएका हुन् ।

उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन् । चौधरीले १२ हार २७० मत पाएर विजयी हु्ँदा बटलाले ६ हजार ९६३ मत पाइन् ।

प्रतिक्रिया