काठमाडौंकाे बूढानीलकण्ठमा मेयर/उपमेयर दुवैमा एमाले विजयी

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको मेयर/उपमेयर दुवैमा नेकपा एमालेले जितेको छ ।

नगरपालिकाको मेयरमा एमालेका मिठराम अधिकारी १४ हजार २५० मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५१२ मत पाए ।

यसैगरी उपमेयरमा पनि एमालेकै अनिता लामा विजयी भएकी छन्। उनले १४ हजार ३१४ मत पाइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी उनको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९७२ मत पाइन् ।

प्रतिक्रिया