हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा ३७ हजार ९९४ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखेकी छन् । पछिल्लो मत परिणामअनुसार उनले ११,८७९ मत प्राप्त गरेकी छन् ।
उनलाई पछ्याइरहेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ११ हजार ०४५ मत पाएका छन् । एमालेका अनन्त पौडेलले १० हजार ७४४ मत प्राप्त गरेका छन् । ३२ हजार गणना हुन बाँकी छ ।
प्रतिक्रिया