हेटौडा उपमहानगरमा फेरी एकीकृत समाजवादी अगाडि

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादीले फेरी अग्रता लिएको छ ।

प्रतिष्पर्धाका बीच एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ८८४५ मत ल्याएर राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई ५५ मतले पछाडी पारेकी छन् । सिंहले ८७९० मत प्राप्त गरेका छन् ।

त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलले ७६१० मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने काँग्रेसका राजेश बानियाँले १२ हजार ४५ मत ल्याएका छन् भने एमालेकी सुमित्रा काफ्लेले ८ हजार २३९ मत ल्याएकी छन् ।

प्रतिक्रिया