एमालेले जितेको वडामा कांग्रेसको झण्डा, एमाले र माओवादीको भोट बाहुल्य क्षेत्रमा गणना बाँकी

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदमा नेपाली काँग्रेसका अर्पण पोखरेल निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका भानुभक्त सापकोटालाई ८ सय ६८ मतले पराजित गर्दै पोखरेल वडाध्यक्षमा विजयी भएका हुन् ।

पोखरेलले २ हजार ५ सय १ मत ल्याए भने सापकोटाले १ हजार ६ सय ३३ मत मात्र पाए । वडा नम्बर ४ को खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

गएको स्थानीय तह निर्वाचनमा यस वडाको अध्यक्ष पदमा एमालेले कांग्रेसलाई ७ मत अन्तरलेले पराजित गरेको थियो । त्यस बेला एमालेका तर्फका उम्मेदवार हरिप्रसाद आचार्य थिए भने कांग्रेसले उपेन्द्र सापकोटालाई उम्मेदवार बनाएको थियो ।
अहिले भरतपुर महानगरको– ५ को गणना जारी छ ।

यो वडामा पनि बिद्रोही जगन्नाथ पौडेलेको राम्रै मत आउने अनुमान गरिएको छ । स्रोतका अनुसार अहिले सम्म कांग्रेसको क्षेत्र मानिएका वडामा मतगणना जारी रहने छ ।

वडा नं ८ को गणना हुँदासम्म मतको अनुपाति यही रहने विश्षण गरिएको छ । वडा नं. ९ देखि १२ सम्म एमालेको मत भएको अनुमान गरिएको छ। त्यसैगरी वडा नं १३ र १४ माओवादी केन्द्रको भोट रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया