हिमाल आरोहणसँग जोडिएको अर्थतन्त्र

निनाम लोवात्ती

नेपालमा अझै पनि धेरै हिमशिखरहरू स्वदेशी तथा विदेशी पर्वतारोहणका लागि निषेध गरिएका छन् । त्यसरी नेपाल सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहण गर्न निषेधित गरिएका केही हिमालमध्येको एक हो, ‘माछापुच्छ्रे हिमाल ।’ जुन हिमालको उचाइ ६ हजार ९ सय ९३ मिटर रहेको छ । माछापुच्छ्रे हिमाल हालको नेपालको प्रशासनिक विभाजनअनुसार गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पर्छ भने, सो हिमाललाई अंग्रेजी भाषामा फिसटेल भनिन्छ ।

कोरानाका कारण विगत दुई वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेको छ । पर्यटनहरूको आगमनसँगै हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या पनि बढ्न थालेपछि पर्यटन क्षेत्र चलायमान हुँदै गरेको अनुमान गर्न सकिन्छ । पर्यटन विभागका अनुसार पर्यटकहरूले हिमाल आरोहणका लागि अनुमति लिनेहरू बढ्न थालेका छन् । अप्रिल ४ सम्ममा हिमाल आरोहणका लागि ४१ वटा समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार अप्रिलको दोस्रो सातासम्म ४१ समूहका ३ सय ४२ जनाले आरोहीले आरोहणको अनुमति लिएका छन । जसमा पुरुष २ सय ६१ जना रहेका छन् भने महिला ८१ जना रहेका छन् । जसबाट सरकारले १४ लाख ८६ हजार १ सय डलर अर्थात १८ करोड ८७ हजार ६ सय १० रुपैयाँ रोयल्टी प्राप्त गरेको छ । यसअघि अर्थात मार्च ३० सम्ममा १९ समूहका १ सय ४२ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका थिए । जसमा पुरुष १ सय ९ जना रहेका थिए भने महिलाहरूको संख्या ३३ थियो । यस्तै सो समय सम्ममा नेपाल सरकारले ४ करोड ५१ लाख ९२ हजार ९० रुपैयाँ रोयल्टी प्राप्त गरेको थियो ।

यसबीच अर्थात मार्च ३१ बाट अप्रिल ४ सम्ममा थप २२ समूहका दुई सय जनाले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । जसमा १ सय ५२ जना पुरुष र ४८ जना महिला रहेका छन् । विश्वका अग्ला १४ वटा हिमाल कहाँकहाँ छन्, कसकसले पहिले चढे, र कहिले चढे, ती पर्वतारोहीहरू कुन–कुन देशका थिए ? आदिबारे आमनेपाली जनतालाई अझै जानकारी छैन । आठ हजार मिटरभन्दा माथिका १४ वटै हिमाल एसिया महादेशमा रहेका छन् । अझ एसिया महादेशको पनि हिमालय पर्वतमालाको एकतिहाइ भाग नेपालको भूभागमा पैmलिएको छ । विश्वका आठ हजार अग्ला हिमाल सगरमाथा ८८४८ दशमलव ८६ मिटर हो भने, कम उचाइको हिमाल सिसापाङमा ८ हजार १३ मिटर हो । सन् १९५३ मे २९ का दिन तत्कालीन बेलायतको मातहतमा रहेको (न्युजिल्यान्ड) का एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको शिरमा पाइला राखेका थिए ।

विश्वको दोस्रो अग्लो हिमालचाहिँ पाकिस्तानमा रहेको काराकोरम–२ (के–टु) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मिटर रहेको छ । यो हिमालको शिरमा सन् १९५४ को ३१ जुलाइमा प्रथमपटक मानव पाइला परेको थियो । इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक यो हिमाल आरोहण गरेका थिए । त्यस्तै विश्वको तेस्रो अग्लो हिमालचाहिँ कञ्चनजंघा (सेवालुङ÷सेन्छेलुङ, लिम्बु भाषामा) हो । यो हिमाल नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम राज्य तथा पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्लाको सीमामा रहेको छ भने यो हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर हो । यो हिमालको शिरमा बेलायतका पर्वतारोहीद्वय जर्ज ब्यान्ड र जो ब्राउनले सन् १९५५, मे २५ मा प्रथमपटक मानव पाइला राख्न सफल भएका थिए भने, विश्वको चौथो अग्लो हिमालचाहिँ ल्होत्से÷चे हो । यो हिमालको उचाइ ८ हजार ५ सय १६ मिटर रहेको छ । यो हिमालको शिरमा सर्वप्रथम मानव पाइला राख्ने काम सन् १९५६, मे १८ मा भएको थियो । ल्होत्से÷चे हिमालमा पहिलोपटक मानव पाइला राख्न सफल हुने पर्वतारोही स्विटजरल्यान्डका फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्ट थिए ।

त्यस्तै विश्वको पाँचौँ अग्लो हिमाल मकालु हो । यो हिमाल पनि नेपालमै रहेको छ भने, यो हिमालको उचाइ ८ हजार ४ सय ६३ मिटर रहेको छ । सन् १९५५ मे १५ मा यो हिमालको शिरमा सर्वप्रथम मानव पाइला परेको थियो । यसरी मकालु हिमालमा मानव पाइला राख्नेहरूमा फ्रान्सका पर्वतारोहीहरू जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गिकोप, पियरे लेरोक्स अलेक्जेन्डर भायल्ते र नेपालका ग्याल्जेन नोर्बु थिए ।

त्यस्तै विश्वको छैठौँ अग्लो हिमालचाहिँ चो–ओयु हो । यो हिमालको उचाइचाहिँ ८ हजार २ सय १ मिटर रहेको छ । यो हिमालको शिरमा सन् १९५४ अक्टोम्बर १९ मा प्रथमपटक मानव पाइला पर्न सफलता मिलेको थियो । अस्ट्रियन पर्वतारोहहरू हर्बर्ट टिची, सेप जेक्लर र नेपालका पासाङ दावा शेर्पाले प्रथमपटक यो हिमालमा मानव पाइला राख्न सपलता पाएका थिए । त्यस्तै विश्वको सातौँ अग्लो हिमाल धवलागिरि हो । यो हिमालको उचाइ ८ हजार १ सय ६७ मिटर रहेको छ । सन् १९६० को, १३ मे मा स्विटजरल्यान्डका पर्वतारोहीहरू कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर र नेपालका नावाङ शेर्पा र निमा शेर्पाले आरोहण गरेका थिए ।

त्यस्तै विश्वको आठौँ अग्लो हिमाल मनास्लु हो भने यो हिमाल पनि नेपालमै रहेको छ । यो हिमालको उचाइ ८ हजार १ सय ६३ मिटर रहेको छ । मनास्लु हिमालको शिरमा सर्वप्रथम मानव पाइला परेको मिति सन् १९५६ मे ९ हो । सो मितिमा जापानिज पर्वतारोहीहरू तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपालका ग्याल्जेन नोर्बुले सफलतापूर्वक आरोहण गरेका थिए । एवं रीतले विश्वको नवौँ अग्लो हिमालचाहिँ नांंगा पर्वत हो । यो हिमालको उचाइ ८ हजार १ सय २६ मिटर रहेको छ । यो हिमाल पाकिस्तानमा रहेको छ । यो हिमालको शिरमा सन् १९५३, जुलाई ३ मा पहिलोपटक अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले प्रथम मानवका रूपमा पाइला राखेका थिए ।

विश्वको १०औँ अग्लो हिमाल ‘अन्नपूर्ण–१÷प्रथम’ हो । यो हिमाल पनि नेपालमै रहेको छ भने यसको उचाइ ८ हजार ९१ मिटर रहेको छ । स्मरणीय छ, विश्वको पर्वतारोहण इतिहासमा सर्वप्रथम आठ हजार मिटर अग्लो हिमालमा मानव पाइला राखिएको हिमाल पनि ‘अन्नपूर्ण–१÷प्रथम’ नै हो । यो हिमालको शिरमा फ्रान्सका पर्वतारोहीद्वय माउरिस हर्जोग र लुइस लाचेनलले सन् १९५० जुन ३ मा सफलतापूर्वक मानव पाइला राख्न सफल भएका थिए । त्यस्तै विश्वको ११औँ अग्लो हिमालचाहिँ ‘गासेरब्रुम–१’ हो । यो हिमाल पाकिस्तानमा रहेको छ भने, यो हिमालको उचाइ ८ हजार ८१ मिटर हो । यो हिमालको शिरमा सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्वय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङ प्रथमपटक मानव पाइला राख्न सफल भएका थिए ।

त्यस्तै विश्वको १२औँ अग्लो हिमालचाहिँ ‘ब्रोड पिक’ हो । यो हिमाल पनि पाकिस्तानमै रहेको छ भने, यो हिमालको उचाइ ८ हजार ५१ मिटर हो । यो हिमालको शिरमा सन् १९५७ जुन ९ मा प्रथमपटक मानव पाइला पुगेको थिो । सो वर्ष अस्ट्रियन पर्वतारोहीहरू फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले सफलतापूर्वक आरोहण गरेका थिए । विश्वको १३औँ अग्लो हिमाल ‘गासेरब्रुम–२’ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यसको उचाइ ८ हजार ३५ मिटर हो । यो हिमालको शिरमा सन् १९५६ को जुलाइ ७ मा सर्वप्रथम मानव पाइला पुगेको हो । सो वर्ष अष्ट्रियन पर्वतारोहीहरू जोसेप लार्क, फ्रिट्ज मोर्भेक र हान्स विलेन्डपार्टले पहिलोपटक सफलतापूर्वक आरोहण गरेका थिए ।
त्यस्तै विश्वको १४औँ र हालसम्मको आठ हजार मिटर अग्लो अन्तिम हिमाल ‘सिसापाङमा’ हो । यो हिमालको उचाइ ८ हजार २७ मिटर रहेको छ भने, यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमानामा रहेको छ । अनौपचारिक रूपमा के भन्ने गरिन्छ भने, खासमा नापजाँच गर्दा र भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पर्छ । यो हिमालको नेपाली भाषाको नाम ‘गोसाइँनाथ’ हो । यो हिमालको शिरमा सन् १९६४ मे २ मा मात्रै मानवले पाइला राख्न सफलता पाएको हो । १० जना चिनियाँ पर्वतारोही टोलीले सफलतापूर्वक ‘सिसापाङमा’ हिमालको आरोहण गरेका थिए ।

नेपालमा अझै पनि धेरै हिमशिखरहरू स्वदेशी तथा विदेशी पर्वतारोहणका लागि निषेध गरिएका छन् । त्यसरी नेपाल सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहण गर्न निषेधित गरिएका केही हिमालमध्येको एक हो, ‘माछापुच्छ«े हिमाल ।’ जुन हिमालको उचाइ ६ हजार ९ सय ९३ मिटर रहेको छ । माछापुच्छ«े हिमाल हालको नेपालको प्रशासनिक विभाजनअनुसार गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा पर्छ भने, सो हिमाललाई अंग्रेजी भाषामा फिसटेल भनिन्छ । त्यस्तै गुरुङ आदिवासीले ‘कतासुँ क्लिको’ (विकिपेडियाअनुसार) भनी पुकार्छन् । नेपाली भाषामा भने ‘माछापुच्छ«े’ भइहाल्यो ।

के साँच्चै सुरुदेखि नै माछापुच्छ«े हिमाल आरोहण गर्न नेपाल सरकारले निषेधित गरेको थियो ? यो विषयमा हामीले आमजनताबीच व्यापक रूपमा छलफल र बहस गर्नुपर्ने देखिन्छ । किनभने इतिहास हेर्दा÷पढ्दा सर्वप्रथम सन् १९५६ मा माछापुच्छ«े हिमाल आरोहण गर्ने बाटो खोज्ने काम विदेशी पर्वतारोहीहरूले गरेका थिए । संभवतः उनीहरू बेलायती टोली रहेका थिए । (स्रोत ः डाक्टर हर्क गुरुङद्धारा लिखित विषय विविध पाना–८६ ।) सो टोलीले बाटो खोज्दै जाने क्रममा माछापुच्छ«े आधार शिविर जाने बाटोमा सो वेला ‘पञ्चेनीवराह’ नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देज थाहा भयो । त्यसैकारण सो माथिका ठाउँलाई ‘अन्नपूर्ण सेङचुरी’ नामाकरण गरे, बेलायती टोलीले ।

गुरुङले लेखेअनुसार सोही बेलायती टोलीले नै सन् १९५७ मा माछापुच्छ«े हिमाल आरोहणको प्रयास ग¥यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ«े हिमालभन्दा केवल ४५ मिटरमुनि पुग्दा हिमपात भएका कारण असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडांैस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आपूmले चढ्न नसकेको चुलीमा अरू नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशको किताब ‘क्लाइम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आपूmले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पा¥यो ।’ भनी गुरुङले आफ्नो लेखमा थप प्रस्ट्याउँदै लेखेका छन् ।

हुन पनि सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामाकरण भएका चुलीहरूको नेपाली नामाकरण गर्ने समितिको संयोजक गुरुङ स्वयं रहेका थिए । त्यसैले गुरुङले सोही लेखमा पुनः लेखेका छन्, ‘सन् १९८३ मा विदेशी नाम भएका चुलीहरूको नेपाली नामाकरण गर्ने समितिको संयोजकको रूपमा म मोदीखोलाका गाउँहरू घुमेँ । हिमचुलीहरूको स्थानीय नाम त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लागे ।’

सन् १९५६ मा माछापुच्छ«े हिमाल चढ्ने बाटो खोज्न गएकै टोलीले सन् १९५७ मा माछापुच्छ«े आरोहणको प्रयास ग¥यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ«े हिमालभन्दा केवल ४५ मिटरमुनि पुग्दा हिमपात भएका कारण असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडांैस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आपूmले चढ्न नसकेको चुलीमा अरू नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशको किताब ‘क्लाइम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आपूmले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पा¥यो ।’ साँच्चै गुरुङले भनेझँै एकजना मानिसको चाहनाले त्यो बेलाको नियमलाई प्रभावित गरेको देखिन्छ । जुन सरासर गलत नजीरको रूपमा स्थापित भयो । नभएदेखि हालसम्म सगरमाथा हिमालपछि संभवतः माछापुच्छ«े हिमालमा धेरै संख्यामा पर्वतारोहीहरू ओइरिने थिए कि ?

त्यसो त माछापुच्छ«े निषेधित भएको धेरैपछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस) ले ‘माछापुच्छ«े विवाद’ शीर्षकमा पोखरावासीहरूको विचारलाई समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीहरूले माछापुच्छ«े हिमाल सुन्दर र पवित्र भएको हुनाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नुपर्छ र केहीले सम्बन्धित गाविसको विचार (धारणा) बुभ्mनुपर्छ भनेका थिए । कुनै हिमाल वा स्थान वा स्थल पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्कसंगत र न्यायसंगत नहोला कि ? त्यसो भन्नु आजको जमानामा अव्यावहारिक नै हो कि ? के भनिन्छ भने, कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाइको छ, हालसम्म कति पर्वतारोहीले चढे ? भन्नेमा रहेको हुन्छ ।

प्रतिक्रिया