पोखरा महानगरमा गठबन्धनबाट धनराज आचार्यको अग्रता कायमै

काठमाडौं । बैशा ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्र जारी रहेको छ । सोही क्रममा पोखरा महानगरपालिकाको मेयरमा नेकपा समाजवादीको अग्रता कायम नै रहेको छ ।

महानगरपालिकाले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार मेयरमा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा समाजवादीका धनराज आचार्यले ४ हजार २४० पाएर अग्रता कायम गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले ३ हजार ८७४ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा पनि गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४ हजार २३२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया