नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपेन्द्र सुनारीमगर विजयी भएका छन् । सुनारी ४ हजार ५९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । नवनिर्वाचित अध्यक्ष सुनारीमगर पेसाले इन्जिनियर हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीकिरण वस्ताकोटीले ३ हजार ९ सय मत प्राप्त गरेका छन् । वस्ताकोटीले यसअघिको निर्वाचनमा एमालेकै उम्मेदवार विद्रोही गिरीलाई २२ सय मतान्तरले पराजित गरेका थिए ।
बुलिङटारको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया रानाले ४ हजार ५ सय १५ मत ल्याएर जित हासिल गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी भूमिका खण्डलुकले ३ हजार ५ सय १५ मत ल्याएकी छन् ।
जिल्लाको पहाडी बुलिङटार गाउँपालिका नवलपुरमा कांग्रेसको सबैभन्दा बलियो गाउँपालिका मानिन्थ्यो ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया