हेटौँडा उपमहानगरमा एमालेका पौडेलको अग्रता

हेटौँडा । हेटौंडा उपमहानगरपालिकामा ४ हजार ९८ मत गणना गर्दा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेको तर्फबाट मेयरका उम्मेद्वार रहेका अनन्तप्रसाद पौडेलले १ हजार २९४ मत प्राप्त गर्दा गठवन्धनको तर्फबाट मेयरकी उम्मेदवार मीना लामाले १ हजार २७५ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै राप्रपाको तर्फबाट मेयरका उम्मेदवार दिपकबहादुर सिंहले १ हजार १०३ मत प्राप्त गरेका छन् । हाल वडा नम्वर १,२,१८ र १९ को मतगणना जारी रहेको छ ।

प्रतिक्रिया