भुपेन्द्र र सञ्जयले युरोपियन च्याम्पियनसिप खेल्ने

काठमाडौं । उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उमा कुङफु टोली इङल्यान्डको उस्रटर जाने भएको छ । मार्सल आर्ट्का विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ । त्यसमा २ पुरुष खेलाडीले उमा कुङफुमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

गरी २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा आफ्नो कौशल प्रदर्शन गर्ने छन् । सञ्जयले अस्ट्रियामा भएको वल्र्ड च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए ।

अफिसियल तथा जजका रुपमा नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा टोलीसंगै इङल्यान्ड जाँदै छन् । अन्तर्राष्ट्रिय निर्णायक लामाले डेन्मार्क, जर्मनी, थाइल्यान्ड, अमेरिकालगायतका राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसकेका छन् । लामाले तयारी राम्रो भएकाले खेलाडीले तीनै स्पर्धामा स्वर्ण जित्ने अपेक्षा गरिएको बताए । भूपेन्द्र शुक्रबार जाने छन् भने बाँकी टोली शनिबार उड्ने कार्यक्रम छ ।

प्रतिक्रिया