टाटाको नयाँ विद्युतीय एसयुभी

काठमाडौ । भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले नयाँ विद्युतीय एसयुभी सार्वजनिक गरेको छ । कम्पनीले हाल भारतीय बजारको लागि भारु १७ लाख ७४ हजारमा नयाँ नेक्सन इभी म्याक्स सार्वजनिक गरेको हो ।

नेक्सन इभी म्याक्सले एक पटकको पूरा चार्जमा ४ सय ३७ किलोमिटर माइलेज दिने बताएको छ । भारतमा उत्पादन भएको यो पहिलो विद्युतीय गाडी हो । जसले एक पटकको पुरा चार्जमा ४ सय किलोमिटरभन्दा बढी माइलेज दिने दाबी गरेको छ ।

कम्पनीले नयाँ उत्पादनको आन्तरिक विशेषतामा परिवर्तन गरेपनि यसको बाहिरी डिजाइन भने हाल बजारमा उपलब्ध विद्युतीय नेक्सनको जस्तै रहेको छ । बजारमा उपलब्ध विद्युतीय नेक्सनमा भएको ब्याट्री प्याक ३०.२ किलोवाटको छ । नेक्सन म्याक्समा भने योभन्दा ३३ प्रतिशतले ठूलो ब्याट्री प्याक छ । यसले अधिकतम १४३ पिएस पावर र २५० एनएम टर्क जेनेरेट गर्छ ।

टाटा नेक्सन इभी म्याक्स ३.३ किलोवाट र ७.२ किलोवाट एसी फास्ट चार्जर विकल्पमा उपलब्ध छ । ७.२ फास्ट चार्जरले चालक अथवा गाडीधनीको घर वा कार्यलयमै गाडी चार्ज गर्न सक्छन । गाडीलाई ५० किलोवाटको डिसी फास्ट चार्जरले पनि चार्ज गर्न सकिन्छ । उक्त चार्जरको प्रयोगले भने गाडी शून्यदेखि ८० प्रतिशत चार्ज हुन ५६ मिनेट लाग्ने उल्लेख छ ।

नेक्सन इभी म्याक्स जिपट्रोन प्रविधिबाट सञ्चालित छ । यो नेक्सन इभी म्याक्स एक्सजेड प्लस र नेक्सन इभी म्याक्स एक्जेड प्लस लक्जरी गरी दुई ट्रिम विकल्पमा उपलब्ध छन । नेक्सन इभी म्याक्स इको, सिटी र स्पोर्ट गरी तीन ड्राइभिइ मोडमा चलाउन सकिन्छ ।

प्रतिक्रिया