हिमालय एयरलाइन्सद्वारा प्रयास नेपाललाई सहयोग

काठमाडौ । हिमालय एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई वर्षभरको शैक्षिक सामग्री सहयोग गरेको छ । नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै कम्पनीले सहयोग गर्दै आएको थियो । प्रयास नेपाल एक गैर–सरकारी, गैर–नाफामूलक र सामाजिक संस्था हो । विगतका वर्षमा आवश्यक शैक्षिक सामग्री, खाजा, खाद्यान्नका साथै कोभिड–१९ विरुद्धका सामग्रीको आपूर्तिमार्फत हिमालय एयरलाइन्सले निरन्तर सहयोग गर्दै आएको छ ।

सन् २०२२ को मे १ मा आफ्नो स्थापनाको १९औँ वर्षमा प्रवेश गरेको प्रयास नेपालले विभिन्न सशक्तीकरण कार्यक्रममार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव छोडेको जनाएको छ । हाल प्रयास नेपालले २६ जना कलिला र जोसिला बाल–बालिकाको रेखदेख गरिरहेको छ । यी बाल–बालिकाले आफ्नो दृष्टिकोण र उद्देश्यलाई उच्चस्तरमा पुर्याएर संस्थाको नेतृत्व सम्हाल्ने प्रयास नेपालले सुनिश्चित गरेको छ ।

प्रतिक्रिया