दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार ४ दिन उकालो लागेको सेयर बजार कारोबारको अन्तिम दिन बिहीबार आएर दोहोरो अंकले घटेको छ । यसदिन नेप्से १८.६४ अंकले घटेर २३५०.४२ विन्दुमा अडिएको छ । २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता सेयर २ अर्ब ३२ करोड ८४ लाख बढी रुपैयाँमा खरिदबिक्री भयो । आज ४० हजार २३ पटक कारोबार भयो। नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन दुई अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँमा सेयर किनबेच भएको थियो ।

अघिल्लो कारोबार दिन बुधबार नेप्से ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको थियो। सो दिन २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता सेयर दुई अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँमा किनबेच भएको थियो । आज शिवम् सिमेन्टको सर्वाधिक ११ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भयो। यस्तै राधि विद्युतको ८ करोड १० लाख, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ८ लाखमा सेयर कारोबार भयो । आज जलपा लघुवित्त वित्तीयको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

प्रतिक्रिया