होण्डाको उपहार योजना

काठमाडौ । नेपालको लागि होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ । मुलुकभरका सातै प्रदेशका ग्राहकले सहभागिता जनाउन सक्ने यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत १ लाख रुपैया सम्मको क्यासब्याक प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

यो योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहक मध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरि सातै प्रदेशबाट ७ जना ग्राहकले लक्की ड्र मार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्ने उल्लेख छ । साथै बम्पर लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले नगद ७ लाख नगद उपहार प्राप्त गर्ने छन । स्याकार ईन्भेष्टमेन्ट मार्फत हुने १ प्रतिशत इएमआइ पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुबैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ । यो योजना २५ बैशाख देखी जेठ १७ सम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया