यामाहाको रेजेडआर १२५ एफआइ बजारमा

काठमाडौं । यामाहाको स्कुटर रेजेडआर १२५ स्ट्रीट ¥याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले वैशाख १५ देखी २१ सम्म आयोजित महा एक्सचेञ्ज मेलाको अवसर पारी स्कुटर सार्वजनिक गरेको हो ।

यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रेजेड आर–१२५ अव स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले बताएको छ । ‘फ्युल इन्जेक्सन’ प्रविधिको प्रवर्तक यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलो पटक सार्वजनिक गरेको थियो ।

कम्पनीको अनुसार रेजेड आर सामान्यतः प्रति लिटर ५८ किलोमिटर माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर हो । जसले न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३ हजार रुपैयासम्म चालकलाई बचत गर्न मद्दत पुर्याउने कम्पनीले ठहर गरेको छ ।

प्रतिक्रिया