समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौ । समृद्धि फाइनान्सले वित्तिय शाक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा विद्यार्थी, कशोर किशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने फाइनान्सले जनाएको छ ।

यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले बताएका हुन ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत, बचत निक्षेपमा अधिकत्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाता समेत संचालनमा ल्याएको छ । फाइनान्सले ५ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया