उम्मेदवारको गाडीमा आगजनी

काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख पदकी उम्मेदवार शान्ति ढकाल चढ्ने गाडीमा आगजनी गरिएको छ । शुक्रबार राति गाडीमा अज्ञात समूहले आगजनी गरेको बताइएको छ । ढकाल कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट उपमेयर पदकी उम्मेदवार हुन् । वीरेन्द्रनगर नगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटलअगाडि पार्किङ गरी राखेको ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा आगजनी भएको हो । आगजनीबाट स्कर्पियो गाडीको टायर र बाहिरी भागमा क्षति पुगेको स्थानीय प्रहरीले जनाएको छ ।


यसैगरी जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ । उक्त मिनि बस नेकपा एमालेको चुनाव प्रसारप्रचारमा प्रयोग हुँदै आएको थियो । आगजनीबाट मिनीबसको सिसा र सिटहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिइएको छ । घटनाको अनुशन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया