युट्युब ट्रेन्डिङमा ‘सरी ज्वाइँ साब’ (भिडियाे)

काठमाडौं । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको छोटो फिल्म ‘सरी ज्वाइँ साब’ युट्युब ट्रेन्डिङमा परेको छ । चार दिनअघि युट्युब च्यानल महसञ्चारमार्फत् सार्वजनिक यो फिल्म अहिले युट्युब ट्रेन्डिङमा परेको हो ।

चालीस मिनेट हाराहारीको यो फिल्म समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निर्माण भएको हो । फिल्मले लागुऔषध सम्बन्धी जनचेतनामूलक सन्देश दिने प्रयास गरेको छ ।

फिल्म मह जोडीबाहेक प्रथम क्षेत्री, नवीन लम्साल, पूर्णबहादुर शारू, बसन्त सापकोटा, नानु बस्नेत, सावित्रा खड्का, दिपिशी बिसी, सविना गोपाली, बिमल खड्का, रोशनी गौतम लगायतको अभिनय छ । फिल्मको कथा, पटकथा र संवाद हरिवंशकै हो । निर्देशन भने मह जोडीले गरेका हुन् ।

प्रतिक्रिया