आइएमई पे र गोल्डस्टार वीच सहकार्य

काठमाडौ । आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ । राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।

सम्झौता अनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३० प्रतिशत देखि ३ सय रुपैया सम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका हुन ।

सो सम्वन्धमा आइएमई पेका सहायक महाप्रबन्धक बस्नेतले आइएमई पे र गोल्डस्टारवीचको सम्झौताले निकै उत्साहित भएको र सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताको साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिने बताए । गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त रहेकोमा जोड दिएका थिए ।

प्रतिक्रिया