एनआईसी एशिया बैंकका ग्राहकलाई छुट

काठमाडौ । एन आई सी एशिया बैंकका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने भएको छ ।

सो सम्वन्धी सम्झौतामा बैंक, क्लिनिक र सेन्टर बीच बिहीबार समझदारी भएको हो । समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका हुन ।

समझदारी अनुसार बैंकका ग्राहकले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको छ । बैंकका ग्राहकले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट हेमाटोलोजी, माइक्रोवाइलोजी, हिस्टोप्याथोलोजी लगायतका परिक्षण गर्न सक्ने व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया