एनएमबि बैंक र केयुकेएलबीच सम्झौता

काठमाडौ । एनएमबि बैंकले काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) संग सम्झौता गरेको छ । सम्झौता पछि बैंकको ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाण्डौं उपत्यका खानेपानीको महशुल बिना कुनै झंझट तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधीबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी प्राप्त गरि सकेकको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया