जन्मजात दुई योनी भएकी महिलाले छाेरी जन्माइन्

लन्डन । जन्मजात दुईवटा योनि भएकी एक महिलाले बिना कुनै कठिनाइ सामान्य ढंगले नै एक छोरी जन्माएकी छन् । अमेरिकाको अलास्का निवासी २९ वर्षीया स्टेफानी ह्याक्स्टनले गर्भधारण गरेर उच्च जोखिम मोलेकी थिइन् । छ वर्ष अघि गरिएको नियमित यौन स्वास्थ परीक्षणको क्रममा उनको शरीरमा ‘युटेरस डाइडलफिस’ नामक एक दुर्लभ अवस्था भेटिएको थियो । यसको अर्थ उनका दुईवटै गर्भाशय पूर्ण रूपमा सञ्चालित थिए । जसले गर्दा गर्भ तुहिने खतरा बढी थियो ।

‘यस्तो युवा अवस्थामै त्यस्तो कुरा थाहा पाएपछि म सधैँ मैले कहिल्यै सन्तान पाउन सक्दिँन भनेर सोच्ने गर्दथेँ । त्यसैले मैले कहिल्यै बच्चा पाउने आशा पनि गरिन,’ स्टेफानीले भनिन्, ‘म केवल बच्चा भइहाले ठीकै छ भनेर सोच्थेँ । मलाई बच्चा चाहने हो भने केही कठिन परीक्षण गर्नुपर्ने बताइयो । त्यसैले परीक्षण कार्यलाई एकातिर पन्छाएँ ।’

दुई वर्ष अघि स्टेफानीको गर्भपतन भएपछि उनी र उनका पार्टनर बेन लुएड्त्के मर्माहत भए । उनले परीक्षण गराउने निर्णय गरिन् । तर उनलाई त्यसका लागि ३० वर्ष उमेर पुग्नुपर्ने बताइयो । उनी आफू पुनः गर्भवती भएको क्षण सम्झिन्छन्, ‘मैले गर्भाधारण गर्दा निकै जोखिम हुने बताइएकाले मैले हरेक साता अल्ट्रासाउन्ड गराउथेँ । बच्चा बसेको गर्भाशय निकै सानो भएकाले पूरा समय हुर्किन गाह्रो हुनसक्ने बताइयो ।’ बच्चा उनको गर्भाशयको बायाँ मुखमा थियो । त्यसैले उनको पेटको बायाँ पट्टी मात्र हुर्कँदै थियो ।
नौ महिना पुग्दा बच्चालाई चल्न त्यहाँ प्रशस्त ठाउँ थिएन । त्यसैले डाक्टरहरू अलमलिन थाले । बच्चा झन्झन् ठूलो हुँदै थियो ।


खतराको बाबजुद स्टेफानीको आपत्कालीन सिजरिन गर्नुपर्ने भयो । उनकी छोरी स्टेलाको निर्धारित समय भन्दा ९ दिन ढिलो अर्थात ४१ सातामा गत अगष्टमा जन्म भयो ।स्टेफानी भन्छिन्, ‘दुईवटा गर्भाशयका मुखहरू ‘सेप्टम’ नामक एउटा सानो तन्तुले छुट्याएको थियो । डाक्टरहरूले मलाई आपत्कालीन सि–सेक्सनको जरुरी हुनसक्ने ठानेर सबैकुरा ठीक पारेर राखेका थिए । तर मैले सामान्य तरिकाले नै बच्चा जन्माउन सकेँ ।’

प्रतिक्रिया