जुम्लामा पहिरोमा पुरिएर दुई बालकको मृत्यु

जुम्ला । तिला गाउँपालिका–२ डुडेलीमा सुख्खा पहिरो आउँदा पुरिएर दुई जनाको मृत्यु भएको छ । रणबहादुर बोहोराको घरको जग उठाउँदै गरेको अवस्थामा बुधबार माथिबाट सुख्खा पहिरो आउँदा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर उक्त स्थानमा खेलिरहेका रण बहादुर बोहोराको छोरा ३ वर्षीय शिशिर बोहोरा र सोही ठाउँ बस्ने दलबहादुर रावतको छोरा ३ वर्षीय हिमेश रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा दुई जना बालक पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रारालिहि र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उद्धारका क्रममा उनीहरूको शव फेला पारेको हो ।

प्रतिक्रिया