लुम्विनी बिकास बैकको दुई शाखा विस्तार

काठमाडौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिग सेवा पुर्याउने उद्देश्यले थप दुई शाखा विस्तार गरेको छ । नयाँ खोलिएका शाखामा ८० औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं.२, स्थित बट्टार शाखा रहेका छन् ।

बैंकको कलंकी शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरे भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया