एनएमबि बैंक र योयो जिपलाइनबीच सम्झौता

काठमाडौं । एनएमबि बैंकले योयो जिपलाइनसँग सहकार्य गरेको छ ।आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले जनाएको छ । अब पर्यटकहरूले स्काई साइक्लिङ, जिप लाइन, स्विङ, केनोपी र रेष्टुरेन्ट एन्ड कफि शपको सेवामा छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त सेवाहरूको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकका दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र योयो जिपलाइनको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दैछ ।

छुट सम्बन्धि थप जानकारी बैंकको वेवसाइटमा भएको ‘एनएमबी भिसा कार्ड छुट’ सेक्सनमा गएर प्राप्त गर्न सकिन्छ । बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैछ ।

प्रतिक्रिया