विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्छन् । यो योजना शुक्रबार वैशाख १६ देखि संचालनमा आएको हो ।

एसईई २०७९ को परीक्षाको प्रवेश पत्रभएका सबै विद्यार्थीले आफ्नो वाआफ्नो आमा वाबाबुको नागरिकताको फोटोकपि, एक प्रतिपासपोर्ट साइजफोटो सहितनजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरुबाट यो पहिलो सिम लिन सक्छन् ।

कर सहितमात्र रु ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु १० को मेन ब्यालेन्स सहित सामाजिक सञ्जाल (फेसबुक, यूट्यूब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरि ४ हप्ता सम्म) को फाइदालिन सक्छन् ।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनिफाइदालिन सक्छन् । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनस स्वरुपप्राप्त गर्नेछन् । प्राप्त बोनस डेटा ७ दिनको लागिमान्य रहनेछ ।

सामाजिक सञ्जालको प्रयोगको लागिनिश्चित डेटा भोलुभ सहित एसईई दिएका विद्यार्थीका लागिपहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनीखुसी रहेको एनसेलले जनाएको छ । विद्यार्थीहरुलाई यस सिम कार्डले नयाँ सम्भावना तथा अवसरहरुसँग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाई, परिवारजनसँग सम्पर्कमा सही रहनमद्त पुर्याउने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया