पर्वतमा आचारसंहितामा कडाइ

पर्वत । जिल्लामा निर्वाचन आचार संहिता पालनामा कडाइ गरिने भएको छ । आचारसंहिता अनुगमन समिति पर्वतको आइतबार बसेको बैठकले आचार संहिता उल्लंघनका मौखिक उजुरी आएपछि कडाइ गर्ने निर्णय गरेको छ । प्रचारप्रसारको नाममा विभिन्न दलका नेता कार्यकर्ताले विद्यालय र शैक्षिक संस्था नजिकै माइकिङ गरिदिँदा ध्वनी प्रदूषण भएको शिक्षक विद्यार्थीले बताएका छन् । कुश्माको एक शैक्षिक संस्थाका प्रमुख इन्द्रमान खत्रीले फेसबुकमा स्टाटस नै राखेर विभिन्न दलहरूलाई अनुरोध गरेका छन् । उनको स्टाटसमा यस्तो लेखिएको छ, )‘राजनीनिक पार्टीहरूलाई अनुरोध– हाम्रा विद्यालय सबै बजार क्षेत्रमा छन् त्यो बाध्यता हो तैपनि विद्यालय क्षेत्र त्यसमा पनि परीक्षा चलिरहेको समय माइक नबजाई दौडिदिएमा कति सम्मानलायक काम हुने थियो ।’


आचारसंहिता उल्लंघननका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ । दल तथा स्वतन्त्र उम्मेदवारले भड्किलो प्रचार शैली अपनाउन थालेपछि यसलाई रोक्न सोमबारदेखि नै कडाइ गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताए । प्रचारशैली भड्किलो हुँदा जनजीवनसमेत प्रभावित भइरहेको छ । पर्वतमा निर्वाचन प्रचारका क्रममा सवारी साधनमा चर्को स्वरमा प्रचार सामग्री बजाउने, ठूलाठूला बोर्डहरू राख्ने तथा सवारी साधनमा समेत ठुला झण्डा, ब्यानर राखेर प्रचार गर्ने काम भइरहेको छ ।


आचारसंहित उल्लंघनका काम नर्गन भन्दै आइतबार प्रहरीले बजार क्षेत्रमा माइकिङ गरेको छ । सुरुमा उल्लंघनका घटना नगर्न आग्रह गरिएको र अब गरेको पाइएमा प्रहरीले कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले जानकारी दिए । पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका रहेका छन् जुम्लामा निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा

जुम्ला । स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको छ । जिल्ला सुरक्षा समितिले भौतिक रूपमा अनुगमनदेखि डिजिटल अनुगमन गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सासमेत तयार गरिएको जानकारी दिइन् । ३० वैशाखमा हुने निर्वाचन नजिकिँदै जाँदा जिल्लाका राजनीतिक दल र सरोकारवाला निकायलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायले तयारी गरेको र जिल्ला निर्वाचन कार्यालयले गरेको कामको जानकारीसमेत लिएको उनले बताइन् ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा ७९ स्थलमा १ सय २ वटा मतदान केन्द्र रहेका छन् । तिनीहरू मध्ये १४ वटा मतदान केन्द्र पाँच सयभन्दा कम मतदाता रहेका छन् । प्रहरी नायव उपरीक्षक चन्दका अनुसार केही मतदान केन्द्रमा हिँडेरै जानुपर्ने र एक दिन लाग्ने अवस्थाका छन् । त्यसका लागि सुरक्षा निकायले स्थल अनुगमन तथा अवस्थाको विषयमा जानकारी लिई सुरक्षा योजना तयार पारिसकेको छ । यसैगरी जिल्लाका मतदान स्थलहरूमा एक महिना अघिदेखि सुरक्षा निकायले अनुगमन थालेको छ ।

निर्वाचनस्थल अनुगमनमा प्रजिअ प्रसाईसहित नेपाली सेना नन्द बक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द सहितको टोलीले स्थलगत अनुगमन गर्दै आएको छ । स्वच्छ र भयरहित अवस्थामा निर्वाचन सम्पन्न गर्न सबैको सहयोग आवश्यक भएकाले सुरक्षा निकायले पनि स्थानीयको समन्वयमा सुरक्षा व्यवस्था मिलाएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले बताए । राज्यले दिएको अधिकार र मापदण्डमा निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा सेना परिचालन भइसकेको उनले जानकारी दिए । जिल्लामा डिजिटल नक्सा राखिएको र सो नक्सा अनुसार सुरक्षा निकाय जिल्लाभर कसरी मतदानस्थलमा काम गरिरहेको छ भनेर हेर्ने कामसमेत भइरहेको जानकारी उनले दिए ।


उनका अनुसार नेपाली सेना डोल्पा, हुम्ला, मुगु र कालिकोटमा समेत परिचालन गरिएको छ । ड्रोनको समेत प्रयोग गरेर सबै मतदान स्थलको विवरण अपडेट गरिएको छ । यसैगरी सेनाले बम डिस्पोजल टिमलाई पनि खटाएको छ । यता सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहालले जुम्लामा तिनै सुरक्षा एकसाथ निर्वाचन सुरक्षाका लागिरहेको बताए । उनले सशस्त्र प्रहरी आवश्यकता अनुसार परिचालन भइरहेको जानकारी दिए । यसैगरी जुम्लाबाट छनौट भएका ६ सय ६९ जना म्यादी प्रहरीसमेत परिचालन भइसकेको सुरक्षा समितिले जनाएको छ ।

प्रतिक्रिया