त्रिवेणीमा अध्यक्षका उम्मेदवार केसीद्वारा कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा

सल्यान । सल्यानको त्रिवेणी गाँउपालिकाअध्यक्ष पदका उम्मेदवार डिल्ली बहादुर केसीले आफू निर्वाचित भएपश्चात सरकारी तवरबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

यस गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन गरिएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट कलम चुनाव चिन्ह लिएर अध्यक्षमा उम्मेदवारी दिएका केसीले आफूले निर्वाचन जितेपश्चात् मासिक तलव, बैठक तथा भ्रमण भत्ता, सरकारी गाडी तथा इन्धन केही पनि नलिने घोषणा गरेका हुन् ।

बरु आफूले पाउने सेवा सुविधा वापतको रकमबाट अक्षयकोष निर्माण गरिने र गरिव तथा विपन्न परिवारको आर्थिक सुधारमा खर्च गरिने उनले बताए । यस गाउँपालिकामा गठबन्धनकै तर्फबाट उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट राजेन्द्रकुमार थापाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया