बझाङमा एक सय चौध जनाकोे उम्मेदवारी फिर्ता

बझाङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बझाङ जिल्लामा उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये १ सय १४ जनाले आफ्नो उम्मेदारी फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदारहरुलाई सुक्रवार साँझ ५ बजेसम्म दिएको समय अनुसार फिर्ता लिनेहरुको संख्या १ सय १४ पुगेको हो । उम्मेदवारी फिर्ता लिनेमा जयपृथ्वी नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष वडा सदस्य गरी जम्मा १६ जना छन् ।


त्यस्तै वुगल नगरपालिकामा २३ जना, तलकोटमा ३ विथ्थडचिरमा ४ मस्टा गाँउपालिकामा ८ थलारामा १२ जनाले फिर्ता लिएका हुन । त्यस्तै दुर्गाथली गाँउपालिकामा ९ जना सुर्मामा ५ जना छविसपाथिभरामा १२ जना खप्तडछान्नामा १८ जना केदारस्युमा ३ जना र साईपाल गाँउपालिकामा १ जना गरी जम्मा १ सय १४ जनाले उम्मेदारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया