काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ख्याती प्राप्त बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरका एक हजार तीन सय ४५ सक्रिय अभिकर्ताको सहभागीता थियो ।
कार्यक्रम उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अभिकर्ताले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको भन्दै अभिकर्ताहरूको प्रसंशा गरेका थिए ।
उनले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय वृद्धि गर्न बीमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणलाई निरन्तरता दिने बताए । इन्स्योरेन्सको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने लगानी १३८ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ ।
दुई लाख तीन हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि हालसम्म देशभर फैलिएका दुई सय दुई कार्यालय सञ्जाल मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया