एनबि बैक र नेपालीरिका होटल वीच सम्झौता

काठमाडौ । नेपाल बंगलादेश (एनबि) बैंक र नेपालीरिका होटल प्रालि बिच नेपाल बंगलादेश बैंकको औपचारीक विद्युतिय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकलाई सम्पूर्ण युनिटबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गरिने समझदारी भएको छ ।

यस अन्तर्गत एनबि बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिग, इन्टरनेट बैंकिग, क्युआर भुुक्तानी प्रणाली लगायतका बैंकका विद्युतिय भुक्तानी च्यानल प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवामा आकर्षक छुट प्रदान गरिने छ ।

समझदारी अनुरुप हुने कारोबारमा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत र रुम सेवामा १५ प्रतिशतको नगद छुट प्रदान गरिने छ । साथै होटलले विषेश छुट प्रदान गरी ९९ हजार ९ सय ९९ रुपैयामा वार्षिक सदस्यता प्रदान गर्नेछ । वार्षिक सदस्यता अन्तर्गत वर्षभरि ५ वटा डिलक्स रुम, निशुल्क स्विमिग पुल, निशुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सबै रेस्टुुरेन्टहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपालीरिका होटल र एनबि बैक बिच भएको समझदारीले विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्ने र यसतर्फ थप आकर्षण बढाउने अपेक्षा गरिएको छ । साथै विद्युतीय भुक्तानीको प्रवद्र्घनका लागि आगामी दिनमा समेत सहकार्य गर्ने योजना रहेको दुुवै पक्षले जानकारी गराएको छ ।

प्रतिक्रिया