कांग्रेसबाट राजीनामा दिएर एमालेबाट वडाध्यक्षको उम्मेदवार

पोखरा । गठबन्धनका कारण कांग्रेसबाट उम्मेदवार उठ्न नपाएपछि वडा सभापतिले राजीनामा दिएर एमालेबाट उम्मेदवार बनेका छन् । गलकोट नगरपालिका–६ का सभापति भक्त नेपाली कांग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्ष उठेका हुन् ।

कांग्रेसले विचार नमिल्नेहरूसँग अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै नेपालीले एमाले रोजेको बताए । उनी मात्रै होइन, जैमिनी नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेदवारी दिएकी यमुना देवी शर्मा पनि नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।

उनी यसअघि महिला संघको सचिवसमेत भएर काम गरिसकेकी छन् । शर्माले कांग्रेसबाट उपमेयरको टिकट मागेकी थियन् । जैमिनीमा कांग्रेसले जनमोर्चालाई मेयर दिएको छ भने हरिहर शर्मालाई उपमेयर उठाएको छ ।

प्रतिक्रिया