रुपा गाउँपालिकाको अध्यक्षमा एक महिलासहित तीन जनाको उम्मेदवारी

पोखरा । स्थानीय तहको निर्वाचनमा रुपा गाउँपालिकाको अध्यक्षमा एक महिलासहित तीन जनाले उम्मेदवारी दिएका छन् । तीन पार्टीका अध्यक्षमध्ये नेपाली कांग्रेसको तर्फबाट महिला उम्मेदवार गिमाया गुरुङले अध्यक्षमा उम्मेदवारी दिएकी छन् ।

त्यसैगरी एमालेको तर्फबाट नवराज ओझा, राष्ट्रिय जनमोर्चाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गराएको रुपा गाउँपालिका निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार रुपाको उपाध्यक्षमा ५ पार्टीका ३ पुरुष र २ महिलासहित ५ जनाले उम्मेदवारी दिएका छन् ।

रुपामा एमालेको तर्फबाट लालसुबा गुरुङ, कांग्रेसका नारायणकुमार श्रेष्ठ, माओवादी केन्द्रका नवराज बराल, नेकपा एसका कपिल पौडेल र राष्ट्रिय जनमोर्चाकी शान्तिदेवी बोहोराले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार नवराज ओझा र उपाध्यक्ष लालसुबा गुरुङ यसअघिका सोही गाउँपालिकाका निर्वाचित प्रतिनिधि छन् । रुपाको सबै पदमा ११७ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया