बिवाइडीको विद्युतीय गाडी

काठमाडौ । नेपालका लागि विवाइडी अटो इन्डस्ट्रिको आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपालसँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लिट विवाइडी इसिक्स इलेक्ट्रिक एसयुभी सञ्चालनका लागि सम्झौता गरेको छ । दक्षिण एसियामा नै सबैभन्दा ठूलो एकल विद्युतीय गाडीको फ्लिट रहेको कम्पनीको दाबी छ । नेपालमा आरामदायी इलेक्ट्रिक गाडीको फ्लिट सञ्चालन हुनु विवाइडी र स्पार्क ग्रुप दुवैका लागि कोसेढुंगा साबित हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । सेल्फ ड्राइभले काठमाडौंमा रहेका आफ्ना कर्पोरेट र निजी ग्राहकका लागि कम मूल्यमा, इमिसन फ्री र ड्राइभरसहितको कार सेवा प्रदान गरिरहेको जनाइएको छ ।

पाँचवटा इलेक्ट्रिक, इमिसन फ्री विवाइडी इसिक्स मोडलहरूबाट पहिलोपल्ट फ्लिट सुरु गरेको यसले आगामी दिनमा नयाँ गाडीहरू थप्ने योजना रहेको जनाएको छ । इलेक्ट्रिक प्रविधिमा आधारित विवाइडी इसिक्स गाडीहरूमा भरपर्दो र प्रमाणित ब्याट्री रहेको कम्पनीको दाबी छ । यी गाडीमा विश्वभर १० करोड ट्याक्सी र एक करोड ४० लाख माइल प्यासेन्जर बसमा प्रयोग भएर प्रमाणित भइसकेको युएल सर्टिफाइड आइरन–फोस्फेट ब्याट्री प्रयोग भएको कम्पनीले जनाएको छ । साइमेक्स इन्कका सिइओ साहिल श्रेष्ठले विवाइडीका इमिसन फ्री इलेक्ट्रिक गाडी नेपालमा प्रवद्र्धनका लागि विभिन्न अप्सन हेरिरहेको बताए । आफूहरूले सेल्फ ड्राइभका रूपमा विश्वस्त उचित पार्टनर पाएको उनको भनाइ छ ।

प्रतिक्रिया